काठमाडौं - आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकमा लकडाउनको समयमा परेको समस्या, कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य एजेन्डा रहेको स्रोतले जनाएको छ ।

यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन समय १२ दिन थप गरेर वैशाख १५ गतेसम्मको लागि पुर्‍याएको थियो।