काठमाडौं  - नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६२जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७० हजार ३२५ जना स‌ंक्रमणमुक्त भएका छन् । 

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ७७३ पुगेको छ । आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९६७ रहेको छ ।