परराष्ट्रमन्त्री आरजु राणा दिल्लीमा
खबर एक्सप्रेस
२०८१-०९-०४ ०१:१७ मा प्रकाशित
Total Shares: 107
काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्। जर्मनबाट परराष्ट्रमन्त्री देउवा भारतको दिल्ली गएकी हुन्।
परराष्ट्रमन्त्री राणालाई नयाँ दिल्लीमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरे।
उनी शुक्रबार दिल्लीमा हुने इन्डो-नेपाल इकोनोमिक कन्फरेन्स सहभागी हुनेछिन्। उनले पुस ६ गते आफ्नो स्वास्थ्य फलोअप गर्ने कार्यक्रम पनि छ।
दिल्लीमा परराष्ट्रमन्त्री राणाले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेट्ने सम्भावना छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस