आइपिएलः दिल्लीले चेन्नईलाई हरायो
काठमाडौं, एजेन्सी - १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।
शनिबार राति भएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो । जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका ओपनर शिखर धवनले ५४ बलमा १० चौका र २ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए । यस्तै पृथ्वी शले ३८ बलमा ९ चौका र ३ छक्का सहित ७२ रनको योगदान दिए । यस्तै कप्तान ऋषभ पन्त १४ रनमा अविजित रहे ।
चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक २ विकेट लिए । ड्वेन ब्राभोले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । सुरेश रैनाले ३६ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए ।
साम करनले १५ बलमा ४ चौका र २ छक्का सहित ३४ रन जोडे । रविन्द्र जडेजा १७ बलमा २६ रनमा अविजित रहे । सातौं विकेटका लागि साम करन र जडेजाले २८ बलमा ५१ रनको साझेदारी गरेका थिए । यस्तै मोइन अलीले २४ बलमा ४ चौका र २ छक्का सहित ३६ रन जोडे ।
दिल्लीका आवेश खानले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विन र टम करनले १-१ विकेट लिए । आज साँझ ७ः४५ बजे सनराइजर्स हैदरावादले कोलकता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस