रौतहट - गरुडा नगरपालिका –८ जिंगडिया गाउँका  एक दलित युवकको धारिलो हतियारले हत्या गरिएको छ । १७ वर्षीय निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडियाभन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले घटनास्थल प्रहरीले सुरक्षित गरेको र तालीमप्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान शुरु गरिएको बताए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । व्यक्तिगत रीसइबीका कारण कसैले युवकको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।