लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन फुकुवा
काठमाडौं - नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । हत्या घटनामा आरोप लागेपछि उनी १९ वैशाख २०८० गते निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो ।
२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ गते भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
निर्वाचित भएपछि प्रतिनिधिसभाका केही बैठकमा उपस्थित भएका कोइरी फरारको सूचीमा रहेको भनी प्रश्न उठेपछि सम्पर्कबिहीन थिए ।
प्रहरी प्रधान कार्यालयको पत्र समेतका आधारमा निलम्बनमा परेका कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोतरीबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय गएका थिए ।
फेसबुक पेज Like गर्नुहोस