राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफलाई
काठमाडौं - विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्यो । आर्मीले १२ खेलमा २६ अङ्क जोड्यो । उपाधिसँगै एपीएफले रु १५ लाख तथ उपविजेता बनेको आर्मीले रु आठ लाख पुरस्कार प्राप्त गरेको छ ।
लिगमा तेस्रो भएको नेपाल पुलिस क्लबले रु पाँच लाख तथा चौथो भएको स्याङ्जाको वालिङ नगरपालिकाले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको रु एक लाख ५० हरजारसहित फेयर प्ले टिमबाट चन्द्रपुर नगरपालिका पुरस्कृत भयो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस