काठमाडौं - सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई नयाँ महानिरीक्षक (आईजीपी) बनाउने भएको छ।

मंगलवार बस्ने मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नै आईजीपी बनाउने गरी तयारी थालेको स्रोतले जानकारी दिएको छ । उनी आईजीपी भए पाँच महिना सो पदमा रहनेछन् ।

आईजीपी सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउँदै छन् । खनालले अवकाश पाउने लाग्दा अन्य कनिष्ठ डीआईजी पनि आईजीपी बन्न  शक्तिकेन्द्रमा धाइरहेका छन् । 

राजधानी दैनिकबाट