काठमाडौं, जाजरकोट - जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेकाे हाे । 

दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र  नाम नखुलेका एक अर्का जनाकाे ज्यान गएकाे छ । १० जना सवार रहेकाेमा एक जना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ । 

आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का  घाइते भएका छन् । धनबहादुर चालक हुन् ।