शुकबारको संसद् बैठकको सम्भावित कार्यसूचीमा एमसीसी अटाएन
खबर एक्सप्रेस
२०७८-११-०५ ०८:३६ मा प्रकाशित
Total Shares: 275
काठमाडौं - शुक्रबार प्रतिनिधिसभाको बैठक बस्दै छ । सरकारले शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ ।
तर, संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने एमसीसी सम्झौताबारे केही उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने मात्रै छ ।
त्यसअघि कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस