प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन
खबर एक्सप्रेस
२०८०-०३-०१ ११:०४ मा प्रकाशित
Total Shares: 106
काठमाडौं - सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिको सर्वसम्मतबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरिएको समितिका सदस्य महेश बर्तौलाले जानकारी दिए ।
गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले कार्कीविरुद्धको उजुरीउपर सुनुवाइपश्चात आज उनीसँग सवाल जवाफ गरेको थियो ।
लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस