काठमाडौं - अभिनेता सिद्धार्थ मल्होत्रा ‘क्रिटिक्स बेष्ट एक्टर’ अवार्डबाट सम्मानित भएका छन् । आइतबार उनले शो अवार्ड लिएका हुन् । यो अवार्ड उनलाई ओटीटीबाट रिलिज भएको फिल्म ‘शेरशाह’ ले दिलाएको हो ।

फिल्ममा उनले कारगिलमा पाकिस्तानी सेनासँगको लडाईंमा  शहित भएका भारतीय सेनका क्याप्टेन विक्रम बत्राको भूमिका निर्वाह गरेका थिए । धर्मा प्रोडक्सनको यो फिल्म सिद्धार्थ मल्होत्राको करियरको ठूलै उपलब्धि मानिएको छ । 

फिल्मका निर्देशन विष्णुवर्धनले गरेका हुन् । विष्णुवर्धनको हिन्दी फिल्म निर्देशन यो डेब्यु हो । फिल्ममा कियारा आडवाडीले  विक्रम बत्राकी श्रीमती डिंपल चीमाको भूमिका निर्वाह गरेकी थिइन् ।

सिद्धार्थलाई ‘शेरशाह’का लागि यो अवार्ड दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभलको नामबाट दिइएको हो ।