बिहीबार स्थगित मन्त्रिपरिषद्को बैठक आज बस्दै
खबर एक्सप्रेस
२०८१-०९-०५ ०७:५४ मा प्रकाशित
Total Shares: 119
काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
बिहीबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि स्थगन गरिएको थियो।
बिहीबार बिहान प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य त्यति राम्रो नदेखिएपछि अति जरुरी भेटघाटबाहेकका कार्यक्रम (मन्त्रिपरिषद् बैठकसमेत) स्थगन गरिएको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस