एजेन्सी - बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई, डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक/एक गोल गरे । लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल फर्काए ।

खेलको १६ औँ मिनेटमा अल्बाले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । २४ औं मिनेटमा सेर्गीले बायर्नको अग्रता दोब्बर बनाए । ५९ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई बलियो स्थितिमा पुर्याए ।

६३ औं मिनेटमा लेवरकुसनका बेन्डेरले गोल गर्दै खेल ३-१ को अवस्थामा ल्याए । तर, ८९ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाए । उनको यो सिजनको ५१ औं गोल हो ।

खेलको इन्जुरी समयमा लेवरकुसनका हाभर्ट्जले एक गोल फर्काएपनि बायर्न ४-२ ले विजयी भयो । योसँगै बायर्न जर्मन कपको उपाधि २० पटक जित्ने एक्लो टिम बनेको छ ।