बाँके - बाँकेका २८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । बिहीबार बिहान प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीसहित सो व्यक्तिहरु संक्रमणमुक्त भएका हुन् ।

स्वास्थ्य कार्यालय बाकेका फोकल पर्सन नरेश श्रेष्ठले दिएको जानकारी अनु सार १३ जना महिलासहित २८ जना संक्रमितहरु बिहान बिहीबार डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा बाँकेको खुल्ला कारागार आइसोलेसन सेन्टर, आइसोलेसन सेन्टर आदर्शनगर, होटेल सिटी प्यालेस आइसोलेसन सेन्टर, लायन्स डेन्टल आइसोलेसन सेन्टरलगायतका आइसोलेसन सेन्टरहरुमा रहेका कोरोना संक्रमितहरु रहेका छन् ।