काठमाडौं - संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जनाएको छ । बैठक सुरु  हुने वितिक्कै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् । 

सभामुख अग्निप्रसाद सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताएका छन् । तर, एमाले सांसदहरुले भने नारावाजी जारी राखेका छन् ।

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ । यसअघि बसेको पहिलो बैठक पनि एमालेका सांसद्हरुको अवरोधका कारण स्थगित भएको थियो ।