एमालेले आज पनि दुवै सदन अवरुद्ध गर्ने
खबर एक्सप्रेस
२०८०-०३-२४ ११:३४ मा प्रकाशित
Total Shares: 142
काठमाडौं-नेकपा एमालेले आज आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध गरेको एमालेले आज पनि प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्ने भएका हुन्।
प्रधानमन्त्री प्रचण्डले गत सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली गएको अभिव्यक्ति दिएसँगै चौतर्फी आलोचना भइरहेको बेला एमालेले पनि सदनबाट सशक्त विरोध गर्ने भएको हो।
शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक आइतबार १ बजे बस्नेगरी स्थगित गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस