काठमाडौं, एजेन्सी - प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भ्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

एनफिल्डमा दर्शक सहितको खेलमा लिभरपुलले सानदार जित निकालेको हो ।

खेलको २४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिरभपुललाई अग्रता दिलाएका थिए । जोर्डन हेन्डरसनको लामो बलमा उल्भ्सका डिफेन्डर कोनर झुक्किएपछि सलाहले सुरुवाती अग्रता दिलाएका थिए । हेन्डरसनकै पासलाई सदुपयोग गर्दै विजनाल्डमले ५८ औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाउने काम गरे ।

माटिपले ६७ औं मिनेटमा लिभरपुललाई ३–० को अग्रता दिलाएका थिए । खेल सकिन १० मिनेट अघि निल्सन सिमिडोले आत्मघाति गोल गरेपछि लिभरपुलले फराकिलो अन्तरको जित निकाल्यो ।

जितसंगै लिभरपुलले शीर्ष स्थानको टोटेनहमसंग अंक बराबरी गरेको छ । दुवै टिमको समान २४ अंक छ । उल्भ्स १७ अंक सहित तालिकाको १० औं स्थानमा छ । उल्भ्स पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेड भन्दा २ अंकले मात्र पछि छ ।