काठमाडौं - गत असार महिनामा २२ वटा कम्पनीहरुले साधारण सभा सम्पन्न गरेका छन् । २२ वटा कम्पनीहरुमध्ये १३ वटा कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई अघिल्लो आवको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका छन् भने बाँकी कम्पनीहरुले वार्षिक प्रतिवेदन पारित र उपयुक्त कम्पनीसंग मर्जरमा जाने प्रस्तावहरु पारित गरेका हुन् ।

लकडाउनका कारण स्थगित भएको साधारण सभा कम्पनीले सम्पन्न गरेका हुन् भने अपि पावर कम्पनी, सेञ्चुरी बैँक, र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको साधारणसभा स्थगित नै रहेको छ । अपि पावर कम्पनीको २०७६ चैत्र ७ गते, सेञ्चुरी बैँकको चैत्र १४ गते र महिला सहयात्राले चैत्र २२ गते साधारणसभा आयोजना गरेको थियो ।

कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैँकबाट स्वीकृत पाएपछि र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । अपि पावर कम्पनीले आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यसैगरी सेञ्चुरी बैंकले शेयरधनीलाई २ प्रतिशत बोनस शेयर र ४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४ दशमलव ७५ प्रतिशत नगद लाभांशमध्ये बैंकले ३ प्रतिशत नगद लाभांश २०७६ फागुन ३० गतेसम्म कायम शेयरधनीलाई अन्तरिम लाभांशको रुपमा वितरण गरिसकेको छ । त्यसैगरी महिला सहयात्रा लघुवित्तले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।