काठमाडौं उपत्यकामा आज थपिए २८७ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०९-०३ ०४:३५ मा प्रकाशित
Total Shares: 197
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् । जसमा १२१ महिला र १६६ जना पुरुष रहेका छन् ।
आज देशभर ७ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४१ हजार ३९२ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस