च्याम्पियन्स लिग : जोटाको ह्याट्रिकमा लिभरपुलको सानदार जित
काठमाडौं, एजेन्सी - डिएगो जोटाको ह्याट्रिकमा लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा एटलान्टामाथि सानदार जित निकालेको छ ।
गएराति भएको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहा र साडियो मानेले समेत एक एक गोल गरे । समूह डीको तीनै खेलमा योर्गेन क्लोप नेतृत्वको लिभरपुलले जित निकालेको छ ।
पोर्चुगलका अन्तराष्ट्रिय फरवार्ड जोटाले लगातार चौथो खेलमा लिभरपुलका लागि गोल गरेका हुन् । रोबर्टो फिर्मिन्होलाई बेन्चमा राख्दै प्रशिक्षक क्लोपले जोटालाई पहिलो रोजाईको रुपमा मैदान उतारेका थिए ।
खेलको १६ औं मिनेटमा जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए । उनले ३३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफ सुरु हुने बित्तिकै दोस्रो मिनेटमा सलाहाले लिभरपुललाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मानेले लिभरपुलका लागि चौथो गोल गरे । ५४ औ मिनेटमा जोटाले च्याम्पियन्स लिगमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरेका थिए ।
समूहमा शीर्ष स्थानको लिभरपुलले ९ अंक जोडेको छ । एटलान्टा ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस