काठमाडौं - कोरोनाका कारण लामो समयासम्म बन्द भएको सेयरबजार सरकारले लकडाउन खुकुलो बनाएपनि नखुल्ने भएको छ। आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले हाललाई सेयर बजार नखोल्ने निर्णय गरेको हो।

बैठकले असार ४ गते बिहीवारसम्मको लागि थप चार दिन बजार बन्द गर्ने निर्णय गरेको हो। यसअघि जेठ ३२ गतेसम्मको लागि सेयर बजार बन्द गर्ने निर्णय भएको थियो।