एनएमबि बैंकले ८.४९% ब्याजमै गाडी ऋण दिने, ५ वर्ष ब्याज नबढ्ने
खबर एक्सप्रेस
२०७८-०४-१२ १२:३२ मा प्रकाशित
Total Shares: 271
काठमाडौं - एनएमबि बैंकले गाडी कर्जामा नयाँ स्किम ल्याएको छ।
कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुने स्किममा ब्याज दर स्थिर रहने जनाइएको छ । बैंकका अनुसार ऋणको ब्याज दर वार्षिक ८.४९ प्रतिशत हुने छ। निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ। असारको आधार दर ७.३३ प्रतिशत छ। ग्राहकको आफ्नै गाडी चढने सपनालाई सस्तो ब्याजले सहयोग पुर्याउने बैंकले जनाएको छ। बैंकका देशभर १८१ शाखा छन् । जुनसुकै शाखाबाट पनि ऋण उपलब्ध हुने छ।
फेसबुक पेज Like गर्नुहोस