ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश
काठमाडौं - नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि अध्यक्ष ओलीले त्यसविरुद्ध सर्वोच्चमा दायर गरेको रिटमा भदौ २८ गते दुबै पक्षलाई छलफलमा उपस्थित हुन आदेश दिएकाे हो ।
पार्टीले कारबाही गरेका संघीय संसदका १४ जना र लुम्बिनी प्रदेशका २ जनालाई पदमुक्त नगरेको भन्दै ओलीले निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
साथै, प्रधानन्यायाधीश जबराको इजलासले विपक्षी निर्वाचन आयोगसँग १५ दिनभित्र लिखित जवाफ पनि माग गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस