सुन तस्करीको घटना बाहिरिएपछि अर्थमन्त्री महतले गरे विमानस्थलको निरीक्षण
काठमाडौं - विमानस्थलबाट एक सय किलो सुन बाहिरिएपछि अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
महत अर्थमन्त्री महतले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका हुन् । केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो ।
गत बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौं आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस