एसीसी यु–१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै
खबर एक्सप्रेस
२०८२-०८-१६ ०७:१५ मा प्रकाशित
Total Shares: 62
काठमाडौं - एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र आयोजक यूएई भिड्दै छन् ।
खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।
मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।
त्यस्तै, ओमानलाई पराजित गर्दै यूएई फाइनलमा पुगेको हो । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुने छ ।
फाइनलमा पुगेका नेपाल र यूएई दुवै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भइसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस