थप दुई हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार ९७८ जना निको भए
खबर एक्सप्रेस
२०७७-०७-२४ ०४:०१ मा प्रकाशित
Total Shares: 304
काठमाडौं - मुलुकमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १९७०२४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३६१७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। साथै ९६७ जना क्वारेन्टिनमा रहेका छन्।
त्यस्तै आज कोरोना संक्रमण निको हुने संक्रमितको संख्या १७९८ जना रहेको छ। यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १५९७२४ पुगेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस