प्रहरीको हतियार लुटेको आरोपमा माओवादीका विद्यार्थी नेता पक्राउ
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 40
काठमाडौं-जेनजी आन्दोलनका क्रममा बानेश्वर प्रहरी वृत्तबाट तीन नाल हतियार लुटेको आरोपमा विद्यार्थी नेता सुजन वाइबा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वाइबालाई हतियार बोकेर हिँडिरहेको भिडियो प्रमाणको आधारमा पक्राउ गरिएको हो ।
शान्तिनगर निवासी वाइबा बानेश्वर बहुमुखी क्याम्पसका माओवादी निकट अखिल (क्रान्तिकारी)बाट स्ववियु सदस्यमा निर्वाचित विद्यार्थी नेता हुन् ।
प्रहरीका अनुसार उनी आन्दोलनका क्रममा प्रहरी वृत्तमा भएको हतियार लुटपाट प्रकरणमा प्रत्यक्ष संलग्न रहेको आशंकामा पक्राउ परेको बताइएको छ ।
प्रहरी परिसर काठमाडौंले उनीमाथि थप अनुसन्धान थालेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस