कोरोना अपडेट: शनिबार थपिए ३७८ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०४-२४ ०४:४४ मा प्रकाशित
Total Shares: 1329
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ३१३पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
मुलुकभर ६ हजार २०६ सक्रिय सङ्क्रमित छन् । आज ७ हजार ८८८ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस