सत्तारुढ एमालेको बैठक बस्दै
काठमाडौं - सत्तारुढ दल नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्ने भएको छ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिबेदन छलफल गरेर पास गर्ने तयारी रहेको बताइएको छ ।
सांगठनिक प्रतिबेदनअनुसार नेताहरूको कार्यविभाजनको समेत तयारी भएको छ भने केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले प्रतिवेदन तयार पारेको छ ।
बैठकमा प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई सोधिएको स्पष्टीकरणको जवाफबारे पनि अध्ययन गरिनेछ ।
बैशाख ६ गते बसेको बैठकले वरिष्ठ नेता माधकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टिकरण सोधेको थियो ।
फेसबुक पेज Like गर्नुहोस