काठमाडाैं - मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरी हरनाज सान्धुले जितेकी छन् । ७० औँ मिस युनिभर्समा भारतले २१ वर्षपछि ताज जितेकी हुन् । मोडलिङसँगै प्रशासनमा स्नातकोत्तर गरिरहेकी सान्धुले ताज पहिरिएपछि सबैलाई धन्यवाद दिएकी छन् । ‘म परमात्मा, मेरो बुबाआमा र मिस इन्डिया संगठनप्रति आभारी छु, जसले मेरो लागि प्रार्थना गर्नुभयो सबैलाई माया,’ उनले भनेकी छन् ।

यसअघि सन् २००० मा भारतीय अभिनेत्री लारा दत्ता यो ताज उचालेकी थिइन् । इजरायलको एलातमा आयोजित मिस युनिभर्स २०२१ प्रतियोगितामा मेक्सिकोकी पूर्वमिस युनिभर्स एन्ड्रिया मेजाले हरनाजलाई ताज लगाइदिइन् ।

हरनाजले सन् २०२१ को अक्टोबरमा ‘मिस युनिभर्स इन्डिया’ को ताज जितेकी हुन् । सन् २०१७ मा टाइम्स फ्रेस फ्रेस फेस बैठकबाट यात्रा सुरु गरेकी उनले थुप्रै सुन्दरी प्रतियोगिता पनि जितिसकेकी छन् ।