काठमाडौं,एजेन्सी - बार्सिलोना स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई २-० ले पराजित गरेको हो ।

खेलको ३९ औं मिनेटमा फ्रेन्क डी जोङले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८९ औं मिनेटमा रिकार्ड पुगइले गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाए ।

जितसंगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १९ खेलमा ३७ अंक जोडेको छ । पराजित एल्चे १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।