तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय
खबर एक्सप्रेस
२०८१-१२-१९ ०५:४१ मा प्रकाशित
Total Shares: 142
काठमाडौं - काठमाडौंको तीनकुनेमा ज्यान गुमाएका परिवारलाई १०।१० लाख दिने निर्णय गरेको छ ।
गृहमन्त्री स्तरीय बैठकले चैत १५ गते भएको आन्दोलनकारीको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०।१० लाख दिने निर्णय गरेको हो ।
गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको सचिवालयले जनाएको छ ।
आन्दोलनमा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस