काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी प्रतिनिधि, सरकार र दलबीच छलफल चलिरहँदा बाहिर एउटा समूहले नाराबाजी गरिरहेका छन् ।

आफूहरूलाई सहभागी नगराएको भन्दै जेनजी तथा जेनजी आन्दोलनका केही घाइतेहरू प्रधानमन्त्री निवास अगाडि धर्नामा बसेका हुन्।

उनी आक्रोश व्यक्त गर्दै नाराबाजी गरिरहेका छन्। प्रधानमन्त्री निवास बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।