काठमाडौं - काठमाडौंमा कोरोनाभाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य प्रादेशिक निर्देशनालयका अनुसार राजधानीको विभिन्न अस्पतालमा उपचाररत तनहुँ, गोरखा र कास्कीका तीन कोरोना संक्रमितको मृत्यु भएको हो ।

तनहुँको आंवुखैरेनी नगरपालिका-४ निवासी ७६ वर्षिया कोरोना संक्रमित महिलाको भदौ २४ गते मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र, शिक्षण अस्पताल, महाराजगंजमा निधन भएको छ ।

ती महिलालाई भाद्र २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा २३ गते कोरोना पुष्टि भएको थियो । महिलामा मुटु सम्बन्धि समस्या रहेको थियो ।

यस्तै, गोरखाको भीमसेनथापा-३ स्थायी बसोबास गर्ने ४५ वर्षिय पुरुषको पनि त्रिभुबन विश्वबिद्यालय शिक्षण अस्पताल, काठमाडौँमा मृत्यु भएको छ । आइतबार बिहान २ ४० बजे मृत्यु भएको हो ।

किड्नीको समस्या रहेको ती पुरुषमा भदौ २३ गते संक्रमण पुष्टि भएको थियो । र, शसस्त्र प्रहरी वल अस्पताल, बलम्बुमा कास्कीका कोरोना संक्रमितको मृत्यु भएको छ । ती पुरुष कास्की जिल्ला, मादि-४ स्थायी घर भई हाल काठमाण्डौ नयांबजार वस्दै आएका थिए ।

ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या आएपछि भदौ २४ गते अस्पताल भर्ना भएका थिए । भदौ २३ गते स्वाव संकलन गरी परिक्षण गर्दा भाद्र २४ गते कोरोना पुष्टी भएको थियो । ती पुरुष क्यान्सर, हाइपोथाइराडिजमको विरामी थिए ।

Image may contain: text