काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियामा अनियमितता गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय, भरतपुर (चितवन) का कार्यालय सहायक (पाँचौं) इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठक रहेका छन्।

शुक्रबार दिउँसो आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई सवारी अनुमतिपत्र बनाउने क्रममा अवैध लेनदेन तथा प्रक्रियाविपरीत गतिविधिमा संलग्न रहेको उजुरीको आधारमा निगरानी गरिँदै आएको थियो।