काठमाडौं - गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन । गृह मन्त्रालयमा बिहीबार बसेको विपद ब्यवस्थापन सम्बन्धि बैठकमा उनले अविरल वर्षाले देशका विभिन्न स्थानमा जनधनको क्षति भएका विवरण आइरहेकाले उद्धार र राहतका लागि निर्देशन दिएका हुन ।

बाढी पहिरोका कारण नागरिक मारमा परेको भन्दै उनले उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न निर्देशन दिए । उद्धार तथा राहतका लागि स्रोतको अभाव हुन नदिने उनको भनाई छ । बैठकमा गृह सचिव महेश्वर न्यौपानेले उद्धार तथा राहत कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकोले राहत तथा उद्धारमा स्रोतको अभाव नहुने बताए ।