काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ । 

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार विहान ११ बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक आव्हान गरेका हुन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको र यो नियमित बैठक हो । 

तर, असन्तुष्ट वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने बैठकमा जाने सम्भावना कम छ । ओलीकैविरुद्ध नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि ललितपुरमा जारी छ ।

गत फागुन २८ गते  प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि सो पक्ष रुष्ट बनेको छ ।