काठमाडौं - पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराएका हुन् ।

स्रोतका अनुसार उनलाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताइएको छ । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए ।