थप २ हजार ३६४ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ३६४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख २४ हजार ८ सय ६२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ ।
आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन् । क्वारेन्टिनमा रहनेको संख्या २ हजार ६८९ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस