पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ जनामा संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०८-१३ ०४:३१ मा प्रकाशित
Total Shares: 370
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा २८५ महिला र ३६० पुरुष रहेका छन् ।
आज देशभर थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ११ हजार १८६ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस