काठमाडौं - गएराति भएको प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले एभर्टनलाई २–१ गोलले पराजित गर्न सफल भएको छ । म्यानसिटीलाई जित दिलाउन ग्याब्रियल जिससले दुई गोल गरे । त्यस्तै एभर्टनका रिचार्डलिसनले एक गोल गरे ।

पहिलो हाफमा बराबरी खेल खेलेपनि दोस्रो हाफमा इभर्टनले म्यानसिटीलाई रोक्न सकेन । खेलको ५१ औ मिनेटमा जिससले गोल गरे । लगत्तै ५८ औँ मिनेटमा उनले दोस्रो गोल गरे ।

एभर्टनका रिचारलिसनले ७१ औं मिनेटमा एक गोल गरे । यो जितसँगै लिगको तेस्रो स्थानमा रहेको सिटीको २१ खेलबाट ४४ अंक भएको छ ।

एभर्टन २५ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।