परराष्ट्रमन्त्री खनाल र साउदी अरेबियाका समकक्षीबिच टेलिफोन वार्ता
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 7
काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल र साउदी अरेबियाका समकक्षी राजकुमार फैसल बिन फह्रान अल साउदबीच टेलिफोन वार्ता भएको छ ।
टेलिफोन वार्तामा साउदीका परराष्ट्रमन्त्री फैसलले खनाललाई बधाई दिँदै द्विपक्षीय हितमा नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै परराष्ट्रमन्त्री खनालले खाडी मुलुकमा भइरहेको द्वन्द्वमा पनि नेपाली श्रमिकहरूको सुरक्षाको प्रत्याभूति गरेकोमा साउदी सरकारप्रति आभार व्यक्त गरे।
उनीहरूबीच नेपाल र साउदी अरेबियाबिचको द्वीपक्षीय तथा बहुपक्षीय सम्बन्धलाई आगामी दिनमा अझ सहकार्यमार्फत् बलियो बनाउने विषयमा छलफल भएको थियो।

.gif)




फेसबुक पेज Like गर्नुहोस