काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले जसपालाई सरकारबाट हटाउन स्वास्थ्यमन्त्री यादवलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमन्त्री यादवलाई राजीनामा गर्न सन्देश पठाएको प्रचण्डको सचिवालय स्रोतले बतायो ।

आज मधेस प्रदेश सरकारबाट फिर्ता हट्ने माओवादी निर्णयले यादव नैतिक संकटमा समेत परेका छन् ।