मुद्दा खेपिरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकाेमा राष्ट्रिय जनमोर्चाको आपत्ति
खबर एक्सप्रेस
२०८०-११-२४ ०५:५० मा प्रकाशित
Total Shares: 127
काठमाडौं-राष्ट्रिय जनमोर्चाबाट राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताएका छन्।
बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले मन्त्रीमण्डल विस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिमाथिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए। उनले नयाँ सरकारलाई जनताका जल्दाबल्दा समस्या समाधान गर्न सुझाव दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस