पहिरोले घर पुरेपछि नातिनी र हजुरआमा बेपत्ता
खबर एक्सप्रेस
२०८१-०४-१९ ०८:२७ मा प्रकाशित
Total Shares: 122
रोल्पा - रोल्पामा अविरल वर्षाका कारण पहिरोले घर पुरिएको छ ।
शुक्रबार राति सुनछहरी गाउँपालिका – ४ कामी डाँडामा पहिरो जाँदा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुरिएको हो।
पहिरोले घरसँगै दुई जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । स्थानीयका अनुसार घरमा देउसिंहकी आमा र उनका ४ वर्षीया छोरी रहेका थिए ।
वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको हुँदा उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस