काठमाडौं,एजेन्सी - जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् ।

मेलबर्नमा भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै ओशाका उपाधि नजिक पुगेकी हुन् ।

ओशाकाले विलियम्सलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरिन् । अब ओशाकाले फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग उपाधिका लागि प्रतिस्पर्धा गन छिन् । सन् २०१९ मा उपाधि जितेकी ओशाका दोस्रो पटक उपाधि चुम्ने योजनामा छिन् ।

यता, सेरेनाको भने कीर्तिमानी २४ औं पटक ग्राण्डस्लाम जित्ने योजना पुनः असफल भएको छ । सेरेनाले हालसम्म २३ ग्राण्डस्लाम उपाधि जितिसकेकी छिन् ।

अब एक ग्राण्डस्लाम उपाधि जितेका सेरेनाले मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक २४ ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गर्ने छिन् ।