एकता जोगाउने कसरतमा नेकपाका दोस्रो तहका नेताहरु
काठमाडौं - अनौपचारिक रुपमा विभाजित सत्तारुढ नेकपाका दोस्रो तहका नेताहरु पार्टी एकता जोगाइराख्न कसरतमा जुटेका छन् । शिर्षनेताहरु संसदमा भिड्ने तयारीमा रहेका बेला दोस्रो तहका नेताहरु एकताको पक्षमा छलफलमा जुटेका हुन् ।
बिहीबार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र पूर्व कृषिमन्त्री घनश्याम भुषालबीच सिंहदरबारस्थित संसद सचिवालयका महासचिवको कार्यालयमा छलफल भएको छ ।
झण्डै एक घण्टा भएको छलफल पार्टी एकतामै केन्द्रित रहेको एक नेताले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भुसालले पोखरेलसँग पहिलेदेखि नै छलफल भइरहेको र बिहीबारको भेटपनि त्यसैको निरन्तरता भएको बताएका थिए।
प्रचण्ड नेपाल पक्षका नेताहरु प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने सर्त राख्दै आएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस