भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट
खबर एक्सप्रेस
२०८०-०३-१० ०४:०९ मा प्रकाशित
Total Shares: 142
काठमाडौं - भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ। महानगरले ६ अर्ब ३१ करोड ७९ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो।
आइतबारदेखि सुरु भएको महानगरपालिकाको नगरसभा तथा १३ औं अधिवेशनमा उपमेयर चित्रसेन अधिकारीले उक्त बजेट पेस गरेका हुन्। यो बजेट चालु आर्थिक वर्षको भन्दा १० करोड ७० लाख रुपैयाँ बढी हो।
बजेटमा १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ। महानगरले आर्थिक वर्षको भन्दा ५० करोड रुपैयाँ बढी उठाउने लक्ष्य महानगरले राखेको छ। चालु आर्थिक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ आन्तरिक आय गर्ने महानगरको योजना थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस