काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७७९४ र एन्टिजेन विधिबाट १५३५ जनामा परिक्षण गर्दा ३९३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २९ हजार ६३२ र एन्टिजेनबाट ९६ हजार ३१८ जना पुगेको छ ।  

यस्तै, आज थप २६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ९३७ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६०१ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको छ ।